स्याङजामा तीन जिल्ला जोड्ने तीनमुखे पुलको निर्माण सम्पन्न

केन्द्रभाग मिडिया

स्याङ्जा ।

तीन जिल्ला जोड्ने गरि स्याङ्जामा तीनमुखे पुलको निर्माण सम्पन्न भएको छ ।

नेपालकै नमुना स्वरुप स्याङ्जा, गुल्मी र पाल्पाको संगमस्थलमा तीनमुखे झोलुंगे पुलको निर्माण कार्य सम्पन्न भएको हो ।

तीनमुखे पुल बनेपछि तीन जिल्लाका नागरिकलाई आवतजावत गर्न सहज भएको छ । पुल निर्माण २०७१ मंसिर १५ देखि सुरु भएको थियो। बर्खाको समयमा कालीगण्डकी नदीमा आउने बाढी, आर्थिक अभाव र कोरोना महामारीका कारण पुल निर्माणमा लामो समय लागेको व्यवसायीले बताएका छन् ।

निर्माणको जिम्मा नयाँ बाटो रुविना मनाजेभी कम्पनीले पाएको थियो । पुल ९ करोड ८८ लाख लागतमा निर्माण सम्पन्न भएको हो ।

  • २४ श्रावण २०७९, मंगलवार १४:३४ प्रकाशित