पोखरा ।
पोखरामा घिन्ताङघिसी नाच प्रदर्शन गरिएको छ । भक्तपुरमा प्रख्यात यो नाच पोखरामा प्रदर्शन गरिएको हो । विश्व आदिवासी दिवसको दिन पारेर घिन्ताङघिसी नाच प्रदर्शन गरिएको हो ।
डोकसाँ र ताहा साँसँगै लट्ठी जुधाएर मौलिक घिन्ताङघिसी नाच प्रदर्शन गरिन्छ । विशेष गरि काठमाडौँ उपत्यकामा गाईजात्रा पर्वमा टोलटोलमा घिन्ताङघिसी नाच नाच्ने गरिन्छ ।

पोखराको विन्धवासीनीबाट सुरु भएको नाचँ मोहोरिया टोल, नालाको मुख, तेर्सापट्टी, महेन्द्रपुल हुदैँ चिप्लेठुङगामा पुगि समापन भएको थियो ।

नेवाः सास्कतिक आदान–प्रदान कार्यक्रम अन्र्तगतत नेपाल भाषा साहित्य तःमुज्या भक्तपुर र नेवा दय् दबू, पोखरा समितिले पोखरामा घिन्ताङघिसी नाच प्रदर्शन गरिएको नेवा दय् दबू, पोखरा समितिका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले जानकारी दिए । नाच प्रदर्शनका लागि भक्तपुरबाट ६० जनाको टिम पोखरा आएको छ ।

उक्त घिन्ताङघिसी नाचको टिम पोखरामा मनाइन लागेको आदिवासी दिवसमा सहभागी हुनेछ । यस पहिले पनि भक्तपुरबाट कलाकार ल्याएर पोखरा घिन्ताङघिसी नाच देखाइएको थियो ।
















