डेढ किलो चरेससहित सशस्त्र प्रहरीका जवान पक्राउ

केन्द्रभाग मिडिया

धनगढी ।
सशस्त्र प्रहरी बलमा कार्यरत एक जवान लागूऔषध चरेससहित पक्राउ परेका छन् । सोमबार कैलाली प्रहरीले सशस्त्र प्रहरी गण बनबेहडामा कार्यरत गणेश प्रसाद जोशीलाई पक्राउ गरेको हो ।

बझाङ स्थायी घर भएका उनी लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

धनगढीको भन्सार रोडमा रहेको सिटी होटलबाट उनी पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

  • २३ श्रावण २०७९, सोमबार १७:५७ प्रकाशित