मनलाग्दी भाडा असुल्दै सार्वजनिक सवारी : तत्काल अनुगमन गर्न सरकारलाई निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

सार्वजनिक यातायात्रले यात्रुहरुसँग मनलाग्दी भाडा असुल्ने गरेको गुनासो तीव्र बढ्दो छ । यात्रुहरुको गुनासोपछि संसदीय समितिले यस विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिइन् ।

समिति बैठकमा सभापति खड्काले सार्वजनिक यातायातका सबारी साधनले यात्रुहरुसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताइन् । उनले सडक सीमा अतिक्रमण गरी सडक सीमा भित्र बनाएका घर टहरा तत्काल हटाउन पनि सरकारलाई निर्देशन दिइन् ।

सभापति खड्काले देशका मुख्य सडकहरुमा बाढी पहिरोको कारण बन्द रहेका सडकमा तत्काल पहिरो हटाउन पनि निर्देशन दिइन् ।

  • २३ श्रावण २०७९, सोमबार १५:५५ प्रकाशित