४ वटा सवारी साधन एकआपसमा ठोक्कियो : ३३ जना घाइते

केन्द्रभाग मिडिया

मकवानपुर ।

मकवानपुरको रातमाटेमा ४ वटा सवारी साधनहरु एक आपसमा ठोक्किदाँ ३३ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेमा एक स्कुल बससहित ४ वटा सवारी एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा २५ जना विद्यार्थीसहित ३३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ

तिव्र गतिमा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ५ ख ६२४४ नम्बरको ट्रकले विपरित दिशाबाट हेटौंडातर्फ आउँदै गरेको स्थानीय रिलायन्स बोर्डिङको विद्यार्थी बोकेको बसलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए ।

उक्त ट्रकले त्यसपछि पुनः हेटौंडाबाट पथलैया जाँदै गरेको लु १ ख ४३७० नम्बरको ट्यांकरलाई ठक्कर दिँदा ट्यांकर पल्टिएको र पल्टिएको ट्यांकरले बा ७ च ९४०४ नम्बरको कारलाई थिचेको थियो । त्यसपछि ट्रकले पुनः रोकिरहेको प्रदेश २–०३–००१ ख २५०६ नम्बरको लहरी ट्रकलाई पनि ठक्कर दिएको थियो ।

  • २३ श्रावण २०७९, सोमबार १३:५५ प्रकाशित