आजदेखि गर्ने भनेको यातायात व्यवसायीको आन्दोलन फिर्ता : सार्वजनिक सवारी सञ्चालन

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले आज(साउन २२) देखि गर्ने भनेको आन्दोलन फिर्ता लिएको छ । सरकारले व्यवसायीको माग सम्बोधन गर्ने प्रतिवद्धता जाहेर गरेपछि व्यवसायीले हिजो आन्दोलन फिर्ता लिएका हुन् ।

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले भने,‘ प्रदेश सरकारले हाम्रो माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिएका हौं। उनले थपे,‘ छिट्टै मुख्यमन्त्री सहित विभागीय मन्त्रीहरुसहितको बैठक बस्ने र माग सम्बोधन गर्ने सहमति भएको छ ।’

गत १८ गते नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै आज आइतबारदेखि गण्डकी प्रदेशभर चल्ने करिब २० हजार बढी मालबहाक तथा यात्रुबहाक सवारी साधन घर तथा ग्यारेजमा थन्काएर प्रदेश सरकार विरुद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो ।

व्यवसायीले आन्दोलन फिर्ता लिएसँगै प्रदेशभर चल्ने सार्वजनिक सवारी साधन चलिरहेका छन् ।

सम्बन्धित समाचार

कर नघटाए बस ग्यारेजमा थन्काउने व्यवसायीको चेतावनी

गण्डकीमा साउन २२ देखि यात्रुवाहक बस बन्द गर्ने व्यवसायीको घोषणा

 

  • २२ श्रावण २०७९, आईतवार १०:५४ प्रकाशित