पोखरा ।
जिल्ला समन्वय समिति कास्कीले आफ्नो छैठौ स्थापना दिवस आज शुक्रबार विशेष कार्यक्रमको आयोजना गरि मनाएको छ ।सो अवसरमा सरसफाई सहित जेष्ठ नागरिक सम्मान र सहयोग हस्तान्तरण गरि स्थापना दिवस मनाइएको हो ।
पोखरा महानगरपालिका वडा न २७ मा अबस्थित श्रीकृष्ण प्रणामी बाल तथा वृद्धाश्रममा पच्चीस हजार बराबरको चामल , तरकारी ,फलफूल लगाएतका खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो।
सहयोग सामग्री हस्तान्तरण गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जेष्ठ नागरिकहरु अनुभब तथा सबै हिसाबले परिपक्क हुने हुनाले उनीहरुका ज्ञान र अनुभव पछिल्लो पुस्तालाई उपयोगी हुने बताए ।
शारीरिक रुपमा अशक्त आफन्त बिहिन जेष्ठ नागरिकहरुको हेरचाह तथा स्याहार सुसारमा उपयुक्त नीति नै निर्माण गर्नुपर्ने र निर्माण भएका एन कानुनको कडाइका साथ लागु गर्न राज्यका निकायहरुलाई आग्रह गरे ।
उनले असक्त बाल बालिका र नागरिकहरुका हितका लागि आफ्नो ठाउबाट सक्दो पहल कदमी लिने प्रतिबद्दता ब्यक्त गरे ।
कार्यक्रममा जिसस कास्कीका उप –प्रमुख सरिता माल ,जिल्ला समन्वय अधिकारी नवराज बराल , महानगरपालिका वडा न २७ का सदस्य द्वय दिपेन्द्र बहादुर खत्री र सुर्य वाग्ले ,श्रीकृष्ण प्रणामी बाल तथा वृद्धाश्रमका संरक्षक कल्याण कुमार कार्की ,सोहि आश्रमका अध्यक्ष दुर्गा प्रसाद गौतम , सचिब तिलकशालि अधिकारी लगाएतले मन्तब्य व्यक्त गरेका थिए ।
देशमा संघियताको कार्यान्बयन संगै २०७४ सालको स्थानीय तहको निर्बाचनबाट निर्बाचित तत्कालिन जीसस पदाधिकारीहरुले सपथ लिएको दिन साउन २० लाइ आधार बनाइ स्थापना दिवस मनाउने गरिएको जिसस कास्कीले जनाएको छ ।














