पर्यटकलाई अपहरण गरि फिरौती माग्ने न्यायाधीशका पीएसओ पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

विदेशी पर्यटकलाई अपहरण गरि फिरौती माग्ने न्यायाधीशका पीएसओ पक्राउ परेका छन् ।

मंगलबार साँझ एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा न्यायाधीशका पीएसओसहित ६ जना पक्राउ परेका हुन् ।
लाजिम्पाटस्थित अपार्टमेन्टबाट ती चिनियाँलाई अपहरण गरेर गंगबुस्थित एक होटलमा बन्धक बनाउँदै फिरौती मागिएको थियो । चिनियाँको अपार्टमेन्टबाट पैसा, मोबाइलसमेत अपहरणकारीले लगेका थिए ।

प्रहरीले पक्राउ परेकाको साथबाट ८ लाख रुपैयाँ नेपाली पैसा र २७ थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका पीएसओको नाम प्रहरीले खुलाएको छैन ।

  • १९ श्रावण २०७९, बिहीबार १६:१९ प्रकाशित