बाढी अर्लट : यी क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

केन्द्रभाग मिडिया

फाइल फोटो

बाढी पुर्वानुमान महाशाखाले आज (बिहीबार) र भोलि (शुक्रबार) कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

बिहीबार र शुक्रबार कोसी र नारायणी नदीको जलसतह केही घट्ने भएतापनि सतर्कता तह आसपास नै रहने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको महाशाखाले जनाएको छ ।

हाशाखाका अनुसार केही स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ । यस्तै आज संखुवासभा, धनकुटा, सुनसरी, सप्तरी, उदयपुर,दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, मकवानपुर, धादिङ, गोरखा, लमजुङ,कास्की, दार्चुला र आसपास भई बहने केही स–सना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव बढ्ने महाशाखाको पूर्वानुमान रहेकोले सो आसपासका नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।

  • १९ श्रावण २०७९, बिहीबार १०:१८ प्रकाशित