नेपालीलाई जापान पठाउने विषयमा छलफल गर्न बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली श्रमिक जापान पठाउने सम्बन्धी छलफल गर्न आज बैठक बस्न लागेको छ ।

समझदारी कार्यान्वयनका लागि गठित दुई देशको संयुक्त कार्यसमितिको दोस्रो बैठक बस्न लागेको हो । नेपाल र जापानका सरकारी अधिकारी सम्मिलित समितिको बैठक आज बिहान १० बजे बस्ने बताइएको छ।

नेपाल र जापानबीच सन् २०१९ को मार्चमा सरकारी संयन्त्रबाटै नेपाली कामदार जापान लैजान सहकार्य गर्ने समझदारी भएको थियो । सो समझदारीको समीक्षा र कार्यान्वयनबारे आजको बैठकमा छलफल गर्ने श्रम मन्त्रालयका उपसचिव एवम् संयुक्त कार्यसमितिका सदस्य सचिव थानेश्वर भुसालले जानकारी दिए ।

संयन्त्रको पहिलो बैठक गत नोभेम्बर महिनामा भर्चुअल माध्यमबाट बसेको थियो । दोस्रो बैठकका लागि जापानको श्रम मन्त्रालयका सहसचिवस्तरको कर्मचारी नेतृत्वको टोली काठमाडौं आएको छ । नेपाल–जापानबीच भएको समझदारी अनुसार प्रशिक्षार्थी र विशेषज्ञ नेपाली कामदारहरु जापान पठाइने छ ।

जापान जानका लागि साढे ५ हजार जना नेपालीहरु भाषा परीक्षा पास गरेर बसेका छन् ।

  • १९ श्रावण २०७९, बिहीबार ०९:१८ प्रकाशित