भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली छिट्टै जापान जान पाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली अब छिट्टै जापान जान पाउने भएका छन् ।

बुधवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एसएसडब्ल्यू प्रणाली मार्फत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

यसअघि सन् २०१९ मार्चमा एसएसडब्ल्यू प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच एक श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

सो अन्तर्गत जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा रोजगारीको लागि नेपालीलाई लैजाने विषयमा सहमति भएको थियो । नेपालीलाई रोजगारीको लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्नका लागि एक प्रतिनिधिमण्डल कार्यसमिति बनेको थियो ।

बिहीबार बैठक बसेर नेपाली नागरिकलाई जापानमा रोजगारीको लागि बृहत् छलफल गरी मन्त्रालयलाई छिटो कामदार पठाउने विषयमा सिफारिस गर्ने छ ।

  • १८ श्रावण २०७९, बुधबार १६:०७ प्रकाशित