काठमाडौं ।
पहिरोले नारायणगढ– मुग्लिन सडकखण्ड खुलेको छ ।
चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा खसेको पहिरो पन्छाएपछि दुईतर्फी नै सडक खुलेको हो ।
आज बिहान साढे २ बजेतिर पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक करिब आठ घण्टापछि दुईतर्फी नै खुलेको हो ।
सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर सागर कार्कीले पहिरो पन्छाएपछि दुईतर्फी नै सडक खुलेको जानकारी दिए । धेरै तछाडमछाड गरेर गाडी चलाउँदा फेरि जाम हुन सक्ने भएकाले लेन अनुशासन पालना गरिदिन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।














