नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो : सडक पुन अवरुद्ध

केन्द्रभाग मिडिया

फाइल तस्वीर

नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका(२९ मा पर्ने केराबारीमा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

सोमबार राति पहिरो गएसँगै अवरुद्ध सडक लामो समयको प्रयासपछि मंगलबार राति १० बजेपछि सञ्चालनमा आएको थियो। संचालनमा आएको केही समयमा नै पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराती २ बजे सो स्थानमा पहिरो खसेको थियो ।

लेदोसहित खसेको पहिरोमा एक भारतिय ट्रक फसेको छ । ट्रकमा रहेका यात्रुहरूको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ । पहिरो खस्दा यात्रामा रहेका यात्रुहरु अलपत्र परेका छन् ।

  • १८ श्रावण २०७९, बुधबार ०८:४२ प्रकाशित