गौतमश्रीका सञ्चालक आए सम्पर्कमा: भने ‘जायजेथा बेचेरै भएपनि बचतकर्ताको रकम तिर्छु’

केन्द्रभाग मिडिया

काठमाडौं ।

बचतकर्ताको पैसा खाएर भागेका भनिएका काठमाडौंस्थित कुलेश्वरमा रहेको गौतमश्री सहकारीका सञ्चालक सम्पर्कमा आएका छन् ।

सहकारीका अध्यक्ष रामबहादुर गौतमले विज्ञप्ति निकालेर बचतकर्ताको रकम आफ्नो जायजेथा बेचेरै भएपनि फिर्ता गर्ने उल्लेख गरेका छन् ।

‘म तपाईँहरूको बचत रकम कुनै पनि हालतमा डुब्न दिने छैन, म तपाईँहरूको बचत रकम मेरो जायजेथा र सम्पत्ति बेचेरै भएपनि केही महिनाभित्रमा रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ‘, गौतमले भनेका छन् ।

आफू भागेर भारत गएको नभई काम विशेषले गएको उनको दाबी छ ।

  • १७ श्रावण २०७९, मंगलवार १६:३५ प्रकाशित