बाढीले श्रीमान्–श्रीमतीलाई बगायो, छोराको उद्धार

केन्द्रभाग मिडिया

बुटवल ।

वर्षासँगै आएको बाढीले कपिलवस्तुमा आज एक दम्पतीलाई बगाएको छ ।

जिल्लाको वाणगंगा नगरपालिकास्थित कोइली खोलाले स्थानीय ३६ वर्षीय दिलकुमार सुनार र उनकी ३१ वर्षीय श्रीमती राममाया सुनारलाई बगाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

जंगलबाट नदी तरेर घर फर्कने क्रममा उनीहरूलाई बगाएको हो । उनीहरूसँगै बगेका १२ वर्षीय छोरा नीरज सुनारलाई भने स्थानीयले उद्धार गरेको प्रहरीले जनाएको छ ।

  • १७ श्रावण २०७९, मंगलवार १६:१२ प्रकाशित