पोखरा ।
पोखरा महानगरपालिका वडानम्बरका १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले भारी वर्षले हुने क्षतिबाट जोगिन वडावासीलाई आग्रह गरेका छन् । आइतबार रातीबाट सोमबार बिहान ९ बजेसम्म परेको पानीले वडाका विभिन्न क्षेत्रमा क्षति पुगेको र अझै पानी पर्न सक्ने सम्भावना रहेकाले सचेत रहन कार्कीले आग्रह गरे ।
अविरल परेको वर्षाले वडाका भोटेचौतारा, शुभकामना टोल ,मसिना,मनकामना टोल , खाल्टे, राधाकृष्ण टोल ,देउराली टोल,शुक्रराज बलभद्र स्कुल क्षेत्र, शिवालय टोल, प्रगति टोल ,दुर्गा भगवती टोल, काजीपोखरी क्याम्पस क्षेत्र ,हबेली मार्ग ,सगरमाथा टोल, विपी मार्ग लगायत का क्षेत्र जल मग्न भएको कार्कीले जनकारी दिए ।
वर्षातका कारण हुनसक्ने प्रकृति प्रकोप बाट सचेत रहने वडाले अपिल गरेको छ । कुनै समस्या परे वडामा खवर गर्न पनि कार्यालयले अनुरोध गरेको छ ।














