काभ्रेस्थली घटना : चार जनाको शव पोस्टमार्टमका लागि लगियो

केन्द्रभाग मिडिया

काठमाडौं ।
काठमाडौंको तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा मृत भेटिएका एकै परिवारका चार जनाको शव पोस्टमार्टमका लागि लगिएको छ । शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको हो ।

सोमबार बिहान काभ्रेस्थलीका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका मृत भेटिएका थिए ।

पारिवारिक विवादले एकै परिवारका ४ जनाको विभत्स हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ३ जना ९सुनिता आशिक र आशिका पाण्डे० को धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । भने दिनेशको शवमा भने पेटमा चक्कु रोपिएको थियो ।

घरका भित्ता लगायत खाटहरुमा रगतको छिर्काहरु भेटिएको थियो । कोठामा डोरी पनि भेट्टएिको थियो।

स्थानीयहरुका अनुसार दिनेश र सुनिताको बेलाबेलामा झगडा भइरहने गरेको थियो । उनीहरुबीचको झगडाको विषय पटक(पटक बालाजु वृतमा समेत पुगेको थियो । उनीहरुबीच धेरैपटक मेलमिलाप गरी पठाइएको बालाजु वृत्तले जनाएको छ ।

  • १६ श्रावण २०७९, सोमबार १८:३९ प्रकाशित