कास्कीसहित यी जिल्लामा खतरा : पछिल्लो २४ घण्टामा कति पानी पर्‍यो?सूचीसहित

केन्द्रभाग मिडिया

फाइल फोटो

पोखरा।

अहिले देशको अधिकांश स्थानमा भारी वर्षा भईरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा निरन्तर वर्षाको कारण केही ठाउँमा वर्षाले खतराको तह पार गरिसकेको छ ।

देशका विभिन्न पाँच ठाउँमा खतराको तहभन्दा धेरै पानी परेको विभागले जनाएको छ । विभागको मापन अनुसार पछिल्लो २४ घण्टामा कास्कीमा धेरै वर्षा भएको छ ।

पछिल्लो २४ घण्टामा कास्कीको लामपाटनमा ३३० मिलिमिटर वर्षा मापन भएको छ । यहाँ १२ घण्टामै ३१३ मिलिमिटर पानी परेको विभागको तथ्यांकले जनाएको छ । यस्तै सुनसरी, चितवन, इटहरी र झापामा भारी वर्षा भएको छ ।

चितवनको शक्तिखोरमा २४ घण्टामा १९५ र १२ घण्टामा १८२.६ मिलिमिटर, इटहरीको तरहरामा २४ घण्टामा १५१.२ मिलिमिटर र झापाको दमकमा १२ घण्टामा १२०.४ मिलिमिटर वर्षा मापन भएको छ ।

जबकि २४ घण्टामा १४० मिलिमिटर र १२ घण्टामा १२० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई खतरा मानिन्छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि देशका धेरै ठाउँमा सामान्यदेखि मध्य वर्षा भइरहेको छ ।

भारी वर्षा भएको कास्कीको पोखरामा पहिरोले घर पुरिदाँ एकको मृत्यु भएको छ भने दुई घाईते भएका छन् । भारी वर्षा भइरहेका जिल्लामा पहिरो तथा बाढीको उच्च जोखिम रहेकाले सर्तकता अपनाउन विभागले सुझाव दिएको छ।

कुन ठाउँमा कति पानी पर्यो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस

  • १६ श्रावण २०७९, सोमबार ०९:२१ प्रकाशित