काठमाडौं ।
पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलनमा उत्रेका छन् ।
ढुवानी भाडा बृद्धिको माग पुरा नभएको भन्दै व्यवसायी आन्दोलित भएका हुन्। बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नहुँदा आफूहरुलाई नोक्सान भएको भन्दै व्यवसायीहरुले भाडा वृद्धि नभए पेट्रोलियम ढुवानी रोक्ने चेतावनी दिएका छन् ।
महासंघका अध्यक्ष खगेश्वर बोहोराद्वारा शुक्रबार जारी विज्ञप्तिमा ढुवानी भाडा समायोजनको माग पुरा गर्न निगमलाई आइतबारसम्म साँझसम्मको समय सीमा तोकिएको छ ।
‘सञ्चालक समितिमा विचाराधीन भाडा समायोजनको मुद्दा आइतबारसम्म सम्बोधन नभए साउन २१ गतेबाट देशभरको पेट्रोलियम ढुवानी रोक्ने छौं,’ विज्ञप्तिमा भनिएको छ ।
आन्दोलित व्यवसायीले सोमबारबाट हवाई इन्धनको अग्रिम ढुवानी नेपाल आयल निगमले ढुवानी भाडा वृद्धिको माग पुरा नगरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी व्यवसायीले १६ गतेबाट हवाई इन्धनको पीडीओ ९अग्रिम खरिद अनुमति० नलिने र ढुवानी रोक्ने जनाएका छन् ।
यस्तै २० गतेबाट सबै खाले इन्धनको पीडीओ ९अग्रिम खरिद अनुमति० नलिने र ढुवानी रोक्ने तथा २१ गतेबाट देशैभरको पेट्रोलियम ढुवानी रोक्ने कार्यक्रम छ । व्यसायीहरुले शुक्रबार साँझ समयसीमासहित आन्दोलनका कार्यक्रम घोषणा गरेको नेपाल आयल निगमले जनाएको छ ।
निगम सञ्चालक समितिमा विचाराधीन उक्त विषयमा भएको आन्दोलनबारे जानकारी आएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताएका छन् । यद्यपी उक्त विषयमा निगमले अहिल्यै केही निर्णय गर्न नसक्ने निगमले जनाएको छ।














