“समुदायलाई प्रभाव पार्ने कार्यमा रोटरी नै अग्रणी”

केन्द्रभाग मिडिया

बुटवल ।
रोटरी क्लव अफ बुटवल वर्ष २०२२/२३ को पाँचौं एवं क्लवको १४ सय २५ औं नियमित बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ ।
क्लवका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकको एजेण्डा रोटरी इन्फर्मेशन रहेको थियो ।

बैठकमा रोटरीको इतिहास, यसका मूल लक्ष्य तथा उद्देश्य, रोटरीले गर्दै आएका कार्यक्रम, सामाजिक क्षेत्रमा पु¥याएको योगदान लगायतका विषयमा जानकारी दिंदै रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्ष एवं डिआरएफसी राजेन्द्र लम्सालले रोटरीको मूल उद्देश्य भनेको पेशागत तथा व्यावसायिक व्यक्तिहरूलाई एक स्थानमा ल्याएर सेवामा उत्प्रेरित गर्नु रहेको बताए ।

रोटरी विभिन्न पेशा तथा व्यवसायीहरुको अन्तर्राष्ट्रिय सञ्जाल रहेको भन्दै उनले समुदायलाई प्रभाव पार्ने कार्यमा रोटरी सबैभन्दा अगाडि रहेको बताए । विश्वभरबाटै पोलियो उन्मुलन गर्ने संस्थाको रुपमा रोटरीले आफूलाई उभ्याएको भन्दै लम्सालले सर्भिस प्रोजेक्ट र फेलोसिप नै रोटरीलाई अगाडि बढाउने माध्यम रहेको बताए ।

बैठकमा रोटरीमा नयाँ सदस्यको रुपमा प्रवेश गरेका अनिलकुमार कलवार, मन्जु भुसाल, कुशल श्रेष्ठ, उमेश श्रेष्ठलाई इन्डक्सन गराइएको थियो । त्यस्तै बैठकमा सचिव लालहरि पाण्डेले अघिल्लो बैठकले गरेका निर्णयहरुबारे जानकारी गराएका थिए भने रोटरीयनहरु जिवकान्त काफ्ले, रुक्मागत पुरी, विरेन्द्र रानालगायतले पनि बोलेका थिए ।

बैठकपछि रोटरी क्लव अफ बुटवलको टोली क्लवका सहसम्पादक वसन्त थापा घर्तीकी आमाको निधन भएकोमा घरमै पुगेर श्रदाञ्जली व्यक्त गरेको थियो ।

  • १४ श्रावण २०७९, शनिबार १३:३० प्रकाशित