फेवाताल वरपरका ८० प्रतिशत अवैध घर भत्काउन राष्ट्रिय सभा सदस्य देवकोटाको माग

केन्द्रभाग मिडिया

काठमाडौं ।
फेवातालको मापदण्ड भित्र बनेका घर मत्काउन राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले माग गरेका छन् । देवकोटाले फेवाताल वरपरका ८० प्रतिशत घरहरु अवैध रहेको बताए । स्वीकृति नलिई ८/९ तलाको घर बनाएका पनि उनको भनाइ छ। त्यस्ता घरहरुको नियमन र फेवातालको मापदण्डमा परेका घरहरु भत्काइयोस्, राष्ट्रिय सभाको बिहीबारको बैठकको शुन्य समयमा बोल्दै सांसद देवकोटाले भने।

देवकोटाले निर्वातमान मेयर मानबहादुर जिसीका ज्वाइँले माफियासँग मिलेर फेवातालको मापदण्ड ६५ मिटरबाट ३५ मिटर  कायम गराएको आरोप लगाए।

निवर्तमान मेयर सिकिस्त बिरामी भइ ३ महिनासम्म अस्पतालको बेडमा हुँदा ज्वाइले नजिक पर्न नदिएको र उपमेयरलाई निमित्तको जिम्मेवारी नदिइएको बताए। मेयर जिसीको कार्याकाल सकिनु २ दिन अघि ६३ रोपनी जग्गा ठेक्कामा लगाइएको र यसमा पनि ज्याइँले रजाइँ गरेको देवकोटाले आरोप लगाए । पोखरा बसपार्कको अतिक्रमित जग्गा खाली गराइ अत्याधुकि बसपार्क निर्माण गरि व्यवस्थित गर्न पनि देवकोटाले माग गरे।

  • १२ श्रावण २०७९, बिहीबार १५:०९ प्रकाशित