काठमाडौं ।
प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । बैठक असोज १४ गते सम्मका लागि स्थगित भएको हो ।आजको बैठकमा दुई विद्येयक पारित भएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो ।
भदौ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको सबै बैठक नेकपा एमालेले अवरोध गर्दै आएको छ ।