आफ्नै घर भित्र श्रीमान् श्रीमती मृत भेटिए

केन्द्रभाग मिडिया

बाँके ।

बाँकेमा श्रीमान् श्रीमती आफ्नै घरभित्र मृत भेटिएका छन् ।

कोहलपुर नगरपालिका १४ पावर्तीपुरमा आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् । श्रीमानको शव घर बाहिर र श्रीमतीको शव घरभित्र फेला परेको प्रहरीले जनाएको छ ।

कृष्णको हातमा चोट देखिएको र मञ्जुको घाँटीमा डोरीको डोब रहेको तथा मुखबाट फिँज आएको देखिएको छ । उनीहरुको हत्या भएको आशंका गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

  • १० श्रावण २०७९, मंगलवार ०८:४७ प्रकाशित