प्रतिनिधि सभा बैठक : नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गर्ने तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

आजको प्रतिनिधि सभा बैठकमा नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गर्ने तयारी भएको छ । प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दै छ।

सत्तारूढ दलकै र विपक्षी दलका सांसदका संशोधन प्रस्तावका केही मुद्दा सम्बोधन गरेर नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गर्ने तयारी भएको हो ।

बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक(२०७९ माथि प्राप्त संशोधनलाई निर्णायार्थ प्रस्तुत गरिनेछ । त्यसपछि गृहमन्त्री बालकृष्ण खाणले ुनेपाल नागरिकता पहिलो संशोधन विधेयक(२०७९ लाई पारित गरियोस्ु भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

सरकारले गएको २४ गते ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ फिर्ता लिएर नयाँ विधेयक दर्ता गराएको थियो । विधेयकमाथि ३१ वटा समूहका ९४ सांसदका संशोधन प्रस्ताव छन् । संशोधन प्रस्तावमाथिको छलफलपछि विधेयक निर्णायार्थ पेस गर्ने तयारी छ ।

  • ६ श्रावण २०७९, शुक्रबार ०९:४६ प्रकाशित