पोखरा २८ मा जेष्ठनागरिकलाई सेवा दिन वडा कार्यालय टोल टोलमा

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका वडानम्बर २८ ले सामाजिक सुरक्षा भत्ता लिन उपमेर पुगेका जेष्ठ नागरिकहरुको आवेदन संकलन गर्न सुरु गरेको छ ।

बिहिबार साविक माझठाना गाविसका टोल-टोलमा पुगि ६८ बर्ष उमेर पुगेका जेष्ठ नागरिकको आबेदन फारम सङ्कलन गरिएको वडाध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिए । शेरबहादुर देउवा नेतृत्वको सरकारले जेष्ठ नागरिकको उमेर  हदलाई घटाएर ६८ वर्ष काएम गरेको थियो । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिले यही श्रावण देखी भत्ता पाउने छन् ।

सोही क्रममा सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेकाहरुको पनि टोल-टोलबाटै कार्ड नबिकरण गरिएको छ । सोही कार्यक्रम अन्र्तगत शुक्रबार साविक कालिका गाविस अन्र्तगतका टोल-टोलमा पुगिने वाडाध्यक्ष लामिछानेले बताए ।

  • ५ श्रावण २०७९, बिहीबार १८:२१ प्रकाशित