काठमाडौं ।
सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाको ठगी प्रकरणमा संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य (तामाङ) पनि पक्राउ परेकी छन् ।
ठगीसम्बन्धी कसुर तथा सङ्गठित अपराधमा फरार रहेकी शाक्यलाई नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) हिजो मङ्गलवार पक्राउ गरेको हो । उनलाई काठमाडौंको रामशाहपथबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
सोल्टीमोडमा रहेको सहकारीले आकर्षक ब्याज दर एवम् विभिन्न प्रलोभन देखाइ ठूलो सङ्ख्यामा बचतकर्ताको रकम ठगी गरेका थिए । सहकारीले पाँच अर्ब ८४ करोड ४० लाख २१ हजार सात सय १३ रुपैयाँ ठगी गरेको भन्दै १५ सय ३० जना पीडितले आफूहरूले तीन वर्षदेखि बचत गर्दै आएको रकम ठगी गरेको भन्दै इच्छाराज तामाङसहित १२ जनाविरुद्ध सीआईबीमा जाहेरी दिएका थिए ।














