गण्डकी र लुम्बिनीका केहि स्थानमा भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।
हाल मनसुनको न्यून चापीय रेखा आसपास अवस्थित रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक / दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

 

  • ३ श्रावण २०७९, मंगलवार ०७:२१ प्रकाशित