एकाबिहानै चर्को घाम : दिउँसो भने यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा लगायतका देशका अधिकांश शहरमा आज बिहानै देखि चर्को घाम लागिरहेको छ ।

केही दिनदेखि दिनमा चर्किएको घामले जनजिवन प्रभावित बनेको छ । बिहान घाम चर्किए पनि दिउँसो देशका केही भू–भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेका बुलेटिन अनुसार प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेश भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका केही स्थानमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

  • १ श्रावण २०७९, आईतवार ०९:३१ प्रकाशित