चट्याङले एउटै घरका चारजना घाइते

केन्द्रभाग मिडिया

सुर्खेत । ठबीसकोट नगरपालिका–१० घारीखोला रुकुम पश्चिममा गोपाल केसी घरमा चट्याङ लागेर एउटै घरका चारजना घाइते भएका छन्।

आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवि केसीका अनुसार आज बिहान चट्याङ लागेर गोपालकी ३२ वर्षीया श्रीमती खिमला केसी, १२ वर्षीय छोरा लक्ष्मण केसी, ६ वर्षीया छोरी पूजामाया केसी र २ वर्षीय छोरा टेकविक्रम केसी घाइते भएका छन्। आठबिसकोट नगर अस्पतालमा घाइतेको उपचार भइरहेको छ।

  • ३१ असार २०७९, शुक्रबार १४:०० प्रकाशित