काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि : कति पुगे हैजाका संक्रमित ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं उपत्यकामा थप दुईजनामा हैजा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार कागेश्वरी मनोहरा क्षेत्रमा दुईजना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २३ पुगेको छ । संक्रमितमध्ये ३ जना अस्पतालमा उपचाररत रहेका छन् ।
अन्यले घरमै स्वास्थ्यलाभ गरिरहेको महाशाखाले जनाएको छ ।

  • २३ असार २०७९, बिहीबार १६:३७ प्रकाशित