बेसलाईन स्कुलले रजत जयन्ती मनाउने

केन्द्रभाग मिडिया

पोखरा ।
बेसलाईन एकेडेमी स्कुल पोखराले रजत जयन्ती मनाउने भएको छ । स्थापनाको २५ औँ वर्षको अवसर स्कुलले रजत जयन्ती मनाउन लागेको बिहिबार पात्रकार सम्मेलन गरि जानकारी दिइयो ।

असार २४ देखि रजत जयन्तीका कार्यक्रम सुरु हुने स्कुलका प्रबन्ध निर्देशक षडानन्द गौतमले जानकारी दिए । निरन्तरको संघर्षले विद्यालय संचालनको २५ वर्ष सफलतापूर्वक पार गरिएका गौतमले बताए ।

रजत जयन्ती अन्र्तगत स्कुलले असार २४ देखि माघ १४ गते सम्मका गतिबिधि सार्वजनिक गरेको छ ।स्कुलका निर्देशक शोभालक्ष्मी पौडेलले असार २४ गते अन्तर विद्यालय चित्रकला प्रतियोगिता, अन्तर विद्यालय एकल लोक नृत्य प्रतियोगिता, अंग्रेजी स्क्रायबल प्रति योगि ता, नेपाली बक्तृत्वकला प्रतियोगिता, सेभेन ए साइड फुटबल प्रतियोगिता, स्वास्थ्य शिवि, प्रभात फेरी र माघ २४ गते मुल समारोह हुने जानकारी दिइन् ।

बेसलाईनले २०५४ सालमा ८४ विद्यार्थी र १० शिक्षकबाट प्राथमिक तहको शिक्षा सुरु गरेको थियो । हाल स्कुलमा ७ सय विद्यार्थी अध्यनरत रहेको र शिक्षक कर्मचारी गरि ६० जना कार्यरत रहेको प्रबन्ध निर्देशक गौतमले जानकारी दिए ।

२०६० सालबाट एसएलसी परिक्षा सुरु गरेको विद्यालयले दर्जनौँ शिक्षक, चिकित्सक, इन्जिनियर र उद्यमी उत्पानद गर्न सफल भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

  • २३ असार २०७९, बिहीबार १६:२७ प्रकाशित