दिल्ली : अदालतभित्र वकिलको ड्रेसमा गएर अज्ञात समुहले चलाए गोली, तीन जना मारिए

केन्द्रभाग मिडिया

नयाँदिल्ली ।

भारतको राजधानी नयाँदिल्लीस्थित एक अदालतभित्र वकिलको ड्रेसमा गएर अज्ञात समुहले गोली चलाएका छन् । गोली लाग्दा तीन जनाको मृत्यु भएको छ।

आज (शुक्रबार) दिउँसो दिल्लीको रोहिनी अदालतभित्र गोली चल्दा तीन जना मारिएको भारतीय सञ्चार माध्यमले जनाएको छ। दुई जना बन्दुकधारी व्यक्तिहरूले वकिलको लुगा लगाएर अदालत परिसर प्रवेश गरेका थिए।

ती दुई बन्दुकधारीले दिल्लीका ‘मोस्ट वान्टेड ग्याङस्टर’ जितेन्द्र गोगीलाई गोली हानेका थिए। प्रहरीले दोहोरो गोली चलाउँदा ती बन्दुकधारी पनि मारिएको जनाएको छ।

  • ८ आश्विन २०७८, शुक्रबार १६:५६ प्रकाशित