काठमाडौं ।
कान्छो श्रीमानसँग बस्न नदिएको भन्दै एक महिलाले नदीमा हाम फालेकी छिन् ।
बुधबार ललितपुरको शंखमुल पुलबाट वागमती नदीमा हाम फालेकी महिलाको ज्यान उनकै श्रीमान जितेन्द्र माझीले बचाएका छन् । ‘आफू कान्छो श्रीमानसँग बस्न चाहेको तर जेठो श्रीमानले बस्न नदिएको’ भन्दै काभ्रेकी ३५ वर्षीया लक्ष्मी जिरेल माझीले बुधबार साँझ शंखमुल पुलबाट हाम फालेकी थिइन् ।
उनका श्रीमान जितेन्द्रले नदीमा हाम फालेर ज्यान जोगाएका हुन् । वागमतीमा उनी डुबेकी थिइन् । श्रीमती माझीले तीन वटा छोरा कान्छो श्रीमानको भएको भन्दै आफू कान्छो श्रीमानसँग बस्न चाहेको बताइन् ।
तर, उनका श्रीमान माझीले छोराहरु आफ्नो भएको दावी गरेका छन् ।