राष्ट्रियसभा बैठक भदौ ३१ गतेसम्मका लागि स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमको स्पष्टीकरणपछि सभाको बैठक आगामी भदौ ३१ गते सोमबार दिउँसो सवा १ बजेसम्मका लागि स्थगित गरिएको हो।

बैठकको अन्त्यमा राष्ट्रिय सभाका अध्यक्षले अर्को बैठक ३१ गतेका लागि तय भएको जानकारी गराएका हुन्। आजको बैठकमा सांसदहरूले जनजीविकाका सवाल, विपद् व्यवस्थापन र सरकारको कार्यशैलीका विषयमा गम्भीर प्रश्नहरू उठाएका थिए भने कानुनमन्त्री गौतमले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिएकी थिइन्।

  • २५ भाद्र २०८३, बिहीबार १६:३६ प्रकाशित