स्याङ्जामा अवैध बालुवा ओसारपसार गर्ने ट्याक्टरलाई कारबाही

केन्द्रभाग मिडिया

पोखरा ।

स्याङ्जामा अवैध बालुवा ओसारपसार गर्ने ट्याक्टरलाई कारबाही भएको छ ।

अस्थायी प्रहरी विट रामबाच्छा स्याङ्जाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा बालुवा ओसारपसार गर्ने ग १ त १७६३ नम्बरको ट्याक्टरलाई कारबाही गरेको हो ।

वालिङदेखि बयारघारी तर्फ जादैं गरेको उक्त ट्याक्टरले अवैध रुपमा बालुवा ओसारपसार गरेको फेला पारी प्रहरीले नियन्त्रणमा लिई वालिङ नगरपालिका कार्यालयमा पठाएको बताइएको छ । नगरपालिकाले तीन हजार रुपैयाँ जरिवाना गरि छाडेको प्रहरीले जनाएको छ ।

 

 

  • २५ भाद्र २०८३, बिहीबार १६:५४ प्रकाशित