आज यूरो र अष्ट्रेलियन डलरको भाउ बढ्यो : अन्य देशको कति ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि तय गरेको विदेशी मुद्रा विनिमयदर अनुसार हिजोको तुलनामा आज यूरो र अस्ट्रेलियन डलरको भाउ बढेको छ ।

आज युरो एकको खरिद दर १३० रुपैयाँ ६७ पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा रहेको छ।हिजो युरो एकको खरिद दर १२९ रुपैयाँ ९३ पैसा र बिक्री दर १३० रुपैयाँ ५६ पैसा रहेको थियो।

यस्तै आज अस्ट्रेलियन डलरको मूल्य पनि बढेको छ । आज एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ६० पैसा र बिक्रीदर ८७ रुपैयाँ ०२ पैसा रहेको छ । हिजो अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८६ रुपैयाँ १४ पैसा थियो ।

आज अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ६१ पैसा र बिक्री दर १२५ रुपैयाँ २१ पैसा रहेको छ। भने बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ८९ पैसा र बिक्री दर १५१ रुपैयाँ ६२ पैसा रहेको छ।

यस्तै सिंगापुर डलरको खरिददर ८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९० रुपैयाँ ०८ पैसा रहेको छ।१० जापानी येनको खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६६ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३७ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ०१ पैसा र बिक्री दर ३४ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

  • २ असार २०७९, बिहीबार १०:१३ प्रकाशित