पोखरा ।
पोखरा महानगरपालिकाको वडा नम्बर १, २,१२,२३, २४ र २५ मा मतगणना भइरहेको छ । जारी मतगणनामा वडा नम्बर १२ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । सो वडामा कांग्रेसका सन्तोष बाँस्तोला वडाध्यक्ष निर्वाचित भएका छन् ।
उनले नेकपा एमाललेका देशभक्त केसीलाई हराए ।
महिला सदस्यमा शान्ति कोइराला, दलित महिला सदस्यमा गोमादेवी परियार , खुला सदस्यमा गोविन्दबहादुर सिग्देल र शान्त बहादुर थापा निर्वाचित भएका हुन् ।














