गल्कोटको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी

केन्द्रभाग मिडिया

बागलुङ ।

गलकोट नगरपालिकाको मेयर र उपमेयरमा ५ दलीय गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका भरत शर्मा गैरे ५ हजार ४ सय १४ मत प्राप्त गरी प्रमुख पदमा निर्वाचित भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्ण काउचाले ३ हजार ५ सय १९ र स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेले ३ हजार २६२ मत प्राप्त गरेकी छन् ।

नगरको उपमेयरमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका फमलाल निउरे विजयी भएका छन् । उनले ६ हजार ३९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुपा विकले ३ हजार ५७ र स्वतन्त्र उम्मेदवार तिल बहादुर केसी उप्रेतीले १ हजार ९ सय ८१ मत प्राप्त गरेका छन् ।

  • २ जेष्ठ २०७९, सोमबार ०९:२६ प्रकाशित