जुम्ला ।
जुम्ला जिल्लाको तातोपानी गाउँपालिकामा मतगणना स्थगित भएको छ । मतगणनाको विषयलाई लिएर माओवादी केन्द्र र नेपाली कांग्रेस कार्यकर्ताबीच विवाद भई मतगणनास्थलमा ढुंगामुढा भएपछि मतगणना अवरुद्ध भएको बताइएको छ ।
तातोपानी गाउँपालिका वडा नम्बर ३ को नतिजा बाहिरिएसँगै माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ता तथा समर्थकबीच विवाद भएको हो । विवादका क्रममा माओवादी पक्षले ढुंगामुढा गरेको कांग्रेसको आरोप छ ।
दुई पक्षबीच भएको ढुंगामुढामा केही व्यक्ति घाइते भएका छन् ।घटनाको थप विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले बताइन् ।
मतपेटिका भने सुरक्षित रहको बताइएको छ । तातोपानी वडा नम्बर ३ को वडाअध्यक्षमा नेपाली कांग्रेसका गोकर्ण रावल विजयी भएपछि विवाद भएको हो ।