सुनसरीमा मतगणना स्थगित

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना स्थगित भएको छ । निर्वाचन अधिकृत रमेश श्रेष्ठका अनुसार मतगणनाका क्रममा केही असमझदारी भएपछि मतगणना स्थगित भएको हो ।

उम्मेदवार नै नरहेको हसियाँ हथौडा चुनाव चिन्हमा मतदाताले स्वस्तिक छाप लगाएको मतलाई कांग्रेस उम्मेदवारले पाएको मतका रुपमा गणना गर्न माग भएपछि विवाद भएको हो । निर्वाचन अधिकृत श्रेष्ठका अनुसार सर्वपक्षीय बैठक बसेर मतगणना सुरु गर्ने प्रयास भइरहेको छ ।

बराहक्षेत्रमा गठबन्धन दलका तर्फबाट मेयरमा कांग्रेसका रमेश कार्की उम्मेदवार छन् भने उपमेयर पदमा माओवादी केन्द्रका अमित गौतम उम्मेदवार छन् ।

  • १ जेष्ठ २०७९, आईतवार १५:१८ प्रकाशित