बागलुङ ।
बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढा विजयी भएका छन् । २ हजार ७०७ मत ल्याएर बुढा पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार देवबहादुर पुनले एक हजार ९९५ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार देवेन्द्र छन्त्यालले ३९२ मत पाएका छन् ।
गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी हिरा कुमारी छन्त्याल दुई हजार ७१९ मत ल्याएर निर्वाचित भएकी छन् ।उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी निसु रसाइलीले १ हजार ९५८ मत प्राप्त गरेकी छिन् ।














