पोखरा ।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत अहिले देशभर मतगणना जारी छ । जारी मतगणनामा हालसम्म नेकपा एमालेले ८ पालिका प्रमुखमा जित हासिल गरेको छ । उपप्रमुखमा ७ स्थानमा विजयी भएको छ ।
काँग्रेसले हालसम्म देशभरका ७ पालिका प्रमुख र ७ उपप्रमुखमा जितेको छ । माओवादी केन्द्रले ३ प्रमुख र ३ उपप्रमुखमा जित हात पारेको छ । एकीकृत समाजवादीले २ पालिका प्रमुख र २ उपप्रमुखमा जितेको छ ।
जसपा र लोसपाले भने खाता खोल्न सकेको छैन ।














