काठमाडौैं ।
निर्वाचन आयोगले १० भित्र देशभरिको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने दाबी गरेको छ । त्यसका लागि मतगणनास्थल र कर्मचारी थप गरेर देशभरिको मतगणनालाई तीव्र पार्ने आयोगले बताएको छ।
ललितपुर महानगरमा एक, भरतपुर महानगरमा दुई र काठमाडौं महानगरमा ६ ठाउँमा गणना भइरहेको छ । तर धेरै मतदाता भएका सबै महानगरको गणना निकै सुस्त छ । सबै पालिकामा मतगणनास्थल थप गरेर चाँडै नतिजा सार्वजनिक गर्ने आयोगले जनाएको छ ।