स्याङ्जा ।
स्याङ्जाको फेदीखोला ४ मा नेपाली कांग्रेसका ख्यामनारायण पौडेल प्यानल सहित विजयी भएका छन् ।
शनिबार राती सम्पन्न मत गणनामा पौडेल १ हजार १७३ मतसहित वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रत्यासी नेकपा एमालेका माधव प्रसाद सुवेदी ३३९ मतले पराजित भए । उनले ८४३ मत पाएका छन् ।
यस्तै नेपाली कांग्रेसकी सम्झना बिक सुनार ११३०, महिला सदस्यमा टेकमाया गुरुङ ११८३, सदस्यमा भरतबहादुर गुरुङ १०६३ र हेमन्तराज पौडेल ११५७ मत ल्याई विजयी भएका छन् ।














