मध्याह्नसम्म देशभर ३५ प्रतिशत मतदान

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहमा उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ ।छिटफुट घटनाबाहेक अधिकांश स्थानमा शान्तिपूर्ण रुपमै मतदान भइरहेको आयोगले जनाएको छ ।

मध्याह्न १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको तथ्यांक प्राप्त भएको आयोगले जनाएको छ । तर दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा भने सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको छ ।

  • ३० बैशाख २०७९, शुक्रबार १३:१९ प्रकाशित