बालेन शाहले भने : ‘आज ५ बजेपछि परिवर्तन आउँछ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आज साँझ ५ बजेपछि परिवर्तन आउने बताएका छन् ।

मतदाताहरु परिवर्तन गर्न उत्साहित रहेको बताउँदै उनले मतदानअघि यस्तो प्रतिक्रिया दिएका हुन् । उनले महानगरबासीहरु परिवर्तनका लागि आफ्नो सपना साकार पार्न तयार रहेको पनि बताए ।

राजधानीको बसन्तपुरस्थित मतदान केन्द्रमा सञ्चारकर्मीसँग बोल्दै उनले आज ५ बजेपछि परिवर्तन आउने प्रतिक्रिया दिएका हुन् ।

  • ३० बैशाख २०७९, शुक्रबार ०८:५५ प्रकाशित