पोखरामा कहाँ कहाँ हुदैँ छ मतगणना ?, यस्तो छ आयोगको तयारी

केन्द्रभाग मिडिया

पोखरा ।

मतदान पछि मतगणना गर्नका लागि पोखरामा दुइ स्थान तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले मतगणनाका लागि आवश्यक तयारी भइरहेको जनाएको छ ।

कार्यालयले मतपेटिका बुझ्नको लागि तीन समुह निर्माण गरिएको जनाएको छ । जसअनुसार पोखरा महानगरपालिका वडा नम्बर १ देखि ११ सम्मको लागि उपत्यका नगर विकास समितिको कार्यालय, वडा नम्बर १२ देखि २२ सम्मको जिल्ला समन्वय समितिको मुल गेटबाट र वडा नम्बर २३ देखि ३३ सम्मको समेत जिल्ला समन्वय समितिको मुल गेटबाट मतपेटिका बुझ्ने व्यवस्था मिलाइएको जनाएको छ ।

सोही स्थानमा ती मतपत्र गणना हुने छ । महानगरपालिकामा खटिएका सम्पूर्ण मतदान अधिकृतहरूलाई आयोगले सोही अनुसार मतपेटिका बुझाउन पनि भनेको छ।

मतपेटिका बुझाउन आउँदा अनुसूचि ५१ स्पष्ट रुपमा भरी सम्पूर्ण विवरण उल्लेख गरी खसेको मत संख्या, महिला, पुरुष र अन्य मतदाताको संख्या समेत उल्लेख गर्न कार्यालयले मतदान अधिकृतलाई अनुरोध गरेको छ ।

  • २९ बैशाख २०७९, बिहीबार १६:४२ प्रकाशित