अपडेट : सोधपुछपछि रिहा भए नेता धर्मेन्द्र बास्तोला

केन्द्रभाग मिडिया

काठमाडौं ।

पक्राउ परेका नेता धमेन्द्र बास्तोला रिहा भएका छन् ।

नेकपा बहुमतका संयोजक बाँस्तोलालाई सोधपुछ पछि रिहा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई आज(बिहीबार) बिहान दाङको भालुवाङबाट प्रहरीले प्रकाउ गरेको थियो ।

निर्वाचन बहिष्कार गर्ने बताउँदै आएका बास्तोलाले चुनाव बिथोल्ने गतिविधि संचालन गर्न खोजेको आरोपमा प्रहरीले उनलाई सोधपुछ गरेको थियो ।

सम्बन्धित समाचार 

विप्लवको पार्टीबाट छुट्टिएका नेता धर्मेन्द्र बास्तोला पक्राउ

  • २९ बैशाख २०७९, बिहीबार १०:१९ प्रकाशित