काँग्रेस र एमाले कार्यकर्ताबीच खुकुरी र चिर्पट हानाहान, २ जना घाइते

केन्द्रभाग मिडिया

सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच खुकुरी र चिर्पट हानाहान भएको छ ।

हेलम्बु गाउँपालिका–३ पाल्चोकमा गएराति साढे १० बजेतिर चिर्पट र खुकुरी प्रयोग गरेर कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

कुटपिटमा दुई जना घाईते भएका छन् । एमाले समर्थक ३६ वर्षका खेन्जो तामाङ र काँग्रेस समर्थक ६० वर्षीय मानदोर्जे तामाङ घाइते भएको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेलम्बु–३ घर भएका छिरिङ दोङ भन्ने प्रेमसिंह पाख्रिन, आईतमान तामाङ र मनजित तामाङ छन् ।

  • २९ बैशाख २०७९, बिहीबार १०:०७ प्रकाशित