मौन अवधिमा भोट माग्दै हिँडेका दुई समूहबीच झडप, ४ जना घाइते

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

प्यूठानको सरुमारानी गाउँपालिकामा सत्तारुढ गठबन्धन र एमालेका कार्यकर्ताबीच दोहोरो झडप भएको छ ।

झडपमा परि ४ जना घाइते भएका छन् ।घाइते हुनेमा शंकर विश्वकर्मा, टेकेन्द्र मस्र्याङ्ग्री, गुमान सिंह लम्तरी र रमेश राना छन् ।

घाइते मध्ये रमेशलाई थप उपचारका लागि बुटवल लगिएको छ । ३ जनाको सरुमारानीमा नै उपचार भइरहेको छ ।

गाउँमा भोट माग्दै हिँडेका दुई समूहबीच मौन अवधिमा भोट मागेको विषयमा विवाद भएपछि झडप भएको प्रहरीले जनाएको छ ।

  • २८ बैशाख २०७९, बुधबार १८:५६ प्रकाशित